बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

आइतबार, २९ माघ, २०७९
डिजिटल संस्करण

सत्ता साझेदार दलहरूले गठन गरेको उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् ।

बैठकमा समसामयिक राजनीतिक विषय, सरकारको प्रभावकारिता, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा छलफल भएको बताइएको छ । सत्ता साझेदार दलहरूले सरकार सञ्चालनमा सहजीकरण गर्ने उद्देश्यले उक्त संयन्त्रको गठन गरेका थिए ।     

सुझावित समाचार