सामसङले आफ्नो ग्यालेक्सी एस२३ लाई हायात होटलमा यही माघ २५ गते आयोजित एक कार्यक्रममा प्रस्तुत गरेको छ । ग्यालेक्सी एस२३ सिरिजका ग्यालेक्सी एस२३, ग्यालेक्सी एस२३ प्लस, र ग्यालेक्सी एस२३ अल्ट्रा मोबाइलहरुको अन्भेल सामसङ्गका सहउपाध्यक्ष सुङ जुन पार्क, सामसङ्गका निर्देशक प्रणय रत्न स्थापित, अभिनेता अनमोल के.सी. र मिस नेपाल २०२२ प्रियंका रानी जोशीले संयुक्त रुपमा गरेका हुन् ।
कार्यक्रममा सामसङ्गका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘ग्यालेक्सी एस२३ सिरिजमा हरेक फोटो अतुल्य बनाउन, ग्यालेक्सी एस२३ अल्ट्रामा नयाँ २०० मिलियन पिक्सल क्यामराका साथ हाम्रो सबैभन्दा उत्कृष्ट मोबाइल प्रविधि जडित छ, जसले तपाईंको संसारलाई शार्पर फोकसमा ल्याइदिन्छ ।’
ग्यालेक्सी एस२३ स्मार्टफोनहरु यसअघि कहिल्यै नगरिएको प्रिमियम एकस्पेरियस्का लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ । यो डिभाइस एको फ्रेन्ड्ली रहेको र यसको निर्माणमा पहिलेभन्दा दुई गुणा बढि रिसाइकल गरिएका सामग्रीहरु प्रयोग भएको कम्पनीको दाबी छ ।
कम्पनीको वेबसाइट वा नजिकैको सामसङ्ग शोरुमहरुमा सम्पर्क गरी औपचारिक रुपमा प्री–अर्डर दर्ता गर्न सकिने छ । प्री–अर्डर अफर गर्ने अवधि फागुन १० गतेसम्म वा स्टक रहेसम्म मात्र रहेको बताइएको छ ।