साइकलले मानिसलाई स्वस्थ राख्न सहयोग गर्छ । साइक्लिङ गर्दा तौल तथा उच्च रक्तचाप नियन्त्रण हुन्छ । इन्धन प्रयोग नहुने भएकाले यसले वातावरण पनि प्रदूषित गर्दैन । साइकलका यस्ता धेरै विशेषता छन् । तर, नेपालका सडकमा साइकल लेन नभएकाले सुरक्षित भएर साइकल प्रयोग गर्नुपर्छ ।
- साइकल लेन छ भने लेनको प्रयोग गर्नुपर्छ । साइकल लेन नभएको ठाउँमा सडकको देब्रेपट्टि साइकल चलाउनुपर्छ ।
- रातको समयमा अनिवार्य साइकलको बत्ती बाल्नुपर्छ ।
- रातको समयमा साइकल चलाउँदा टल्किने लुगा लगाउनु राम्रो हुन्छ ।
- हेल्मेटको अनिवार्य प्रयोग गर्नुपर्छ ।
- सडकको (चोक) क्रसिङमा ट्राफिक संकेतअनुसार चलाउनुपर्छ । ट्राफिक संकेत नभएको चोकमा सजग भएर चलाउनुपर्छ ।
- साइकल यात्रीलाई सवारीचालकको जस्तै नियम लाग्छ । दायाँ र बायाँ मोडिनुपर्दा हातले इसारा गर्नुपर्छ ।
- सकेसम्म हेडफोन प्रयोग गर्नु हुँदैन । साथै मोबाइल प्रयोग गर्नुहुँदैन ।
- मादक पदार्थ सेवन गरी साइकल चलाउनु हँुदैन ।