पूर्वसांसद कर्मा घलेको निधन

मंगलबार, २४ माघ, २०७९
डिजिटल संस्करण

पूर्वसांसद एवं कांग्रेस मनाङका महासमिति सदस्य कर्मा घलेको निधन भएको छ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकका अनुसार महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा क्यान्सरको उपचार गरिरहेका घलेको मंगलबार उपचारको क्रममा निधन भएको हो।

५९ वर्षीय घले ०७४ मा समानुपातिक सांसद थिए। कांग्रेसले शोक विज्ञप्तिमार्फत घलेको निधनले नेपाली कांग्रेस एवं सामाजिक क्षेत्रलाई अपुरणीय क्षति भएको जनाएको छ।

सुझावित समाचार