आइएमई पे एपबाट भुक्तानी गर्दा पाँचजनालाई सामसुङ स्मार्टफोन जित्ने मौका

सोमबार, २३ माघ, २०७९
डिजिटल संस्करण

आइएमई पेले मन्थ अफ लभ अफर सञ्चालनमा ल्याएको छ । अफरअनुसार आइएमई पे एपमा अफर अवधिभरि कम्तीमा तीनवटा विभिन्न कारोवारको भुक्तानी गर्दा पाँचजनाले सामसुङ स्मार्टफोन जित्ने मौका पाउनेछन् ।

भ्यालेन्टाइनको महिना भएकाले अफरको नामाकरण पनि त्यसैअनुसार गरिएको र अफर फेब्रुवरी ३ देखि महिनाभर सञ्चालनमा रहने कम्पनीले जनाएको छ । अफर अवधिको समाप्तिपछि आइएमई पेको आधिकारिक पेजमार्फत भाग्यशाली विजेताहरूको घोषणा हुने बताइएको छ ।
 

सुझावित समाचार