किसान रुवाउने बिचौलियालाई तत्काल हतकडी लाएर थुन्नुस् : सांसद शाही

आइतबार, २२ माघ, २०७९
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले भारतबाट आउने तरकारी तत्काल बन्द गर्न आग्रह गरेका छन्। 

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले किसान रुवाउने बिचौलियालाई हतकडी लगाएर थुन्न कृषि तथा पशुपक्षीमन्त्री ज्वालाकुमारी साहलाई यस्तो आग्रह गरेका हुन्। 

उनले चितवनका किसानले मूल्य नपाएर सडकमा तरकारी फालेको घटनालाई स्मरण गर्दै उनले किसान रुवाउने र बजार कब्जा गर्ने बिचौलियालाई तत्काल कारबाही गर्न ध्यानाकर्षण गराए।  

सुझावित समाचार