रास्वपा बैठक निष्कर्षहीन, भोलि बिहान साढे ११ बजे पुनः बस्ने

शनिबार, २१ माघ, २०७९
डिजिटल संस्करण
रास्वपा बैठक निष्कर्षहीन, भोलि बिहान साढे ११ बजे पुनः बस्ने

फाइल तस्बिर

प्रधानमन्त्रीको नयाँ प्रस्तावअनुसार मन्त्रालय फेरबदल गर्ने वा सरकार छाड्ने भन्ने निर्णय लिन बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक निष्कर्षहीन भएको छ । 

आज साढे दुई घण्टासम्म चलेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले कुनै निर्णय लिन नसकेपछि भोलिसम्मका लागि बैठक स्थगित गरिएको छ । 

संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले भोलि बिहान साढे ११  बजे पुनः बसने गरी आजको बैठक स्थगित गरिएको जानकारी दिए । 

‘आज साढे दुई घण्टा छलफल गर्दा पनि कुनै निर्णयमा पुग्न सकिएन । त्यसैले भोलि साढे ११ बजे बस्ने गरी आजलाई बैठक स्थगित गरिएको छ,’ प्रमुख सचेतक परियारले नयाँ पत्रिकासँग भने । 

उनले गठबन्धनभित्र गृहमन्त्रालय र रास्वपाको विषय मात्र नरहेको भन्दै तर रास्वपाकै विषयलाई मात्रै ठूलो बनाइयो भन्ने विषयमा पनि छलफल भएको जानकारी दिए । 

प्रधानमन्त्री प्रचण्डले आजै रास्वपा सभापति रवि लामिछानेसँग गृह मन्त्रालयको सट्टामा भौतिक पूर्वाधार तथा यातायात वा अन्य कुनै मन्त्रालय लिन प्रस्ताव गरेका थिए । 

गृहमन्त्रालयको अडानमा रहेको रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई बिहीबार दुई दिनको अल्टिमेटम दिएको थियो । शनिबारसम्ममा गृहमन्त्रालय नदिइएको सरकार छाड्ने भने पनि रास्वपाका अधिकांश नेता र अधिकांश सांसद तत्काल सरकारबाट बाहिरिन नहुने अडानमा छन् ।

सुझावित समाचार