सन्दीपको निलम्बन फुकुवा

बुधबार, १८ माघ, २०७९
डिजिटल संस्करण

पोखरामा चलिरहेको क्यानको बोर्ड बैठकले बलात्कारका अभियुक्त क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । बैठकका सहभागी एक सदस्यले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीपमाथि लागेको निलम्बन फुकुवा गरेको नयाँ पत्रिकालाई जानकारी दिएका छन् ।

‘बैठकको मुख्य एजेन्डामध्ये सन्दीपको फुकुवा थियो, आजको बोर्ड बैठकमा पास भएको छ,’ ती सदस्यले भने, ‘बैठकमा उपस्थिति सबै सदस्यले सन्दीपको फुकुवामाथि सहमति जनाएका थिए ।’ 

नाबालिका बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपलाई २३ भदौमा निलम्बन गरेको थियो ।सन्दीप गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । त्यसपछि उनलाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार पठाएको थियो । 

सुझावित समाचार