सूनको मूल्य प्रतितोला पाँच सयले घट्यो

मंगलबार, १७ माघ, २०७९
डिजिटल संस्करण

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सयले घटेको छ । अघिल्लो दिन प्रतितोला  एक लाख ६ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज  एक लाख पाँच हजार आठ सय तोकिएको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजावी सुनको मूल्य प्रतितोला  एक लाख पाँच हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख पाँच हजार आठ सय थियो ।  

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला  एक हजार तीन सय ६५ कायम रहेको महासंघले जनाएको छ ।  महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।     

See More On

सुझावित समाचार