- संगीतको तालमा उफ्रिएर तौल घटाउनका लागि एरोबिक्स राम्रो माध्यम हुन सक्छ । यस अभ्यासका दौरान शरीरका मांसपेशी अत्यधिक सक्रिय हुन्छन् । यसका धेरै मानसिक तथा शारीरिक फाइदा छन् । यसले तपाईंको शरीरलाई स्वस्थ र ऊर्जाशील बनाउन मद्दत गर्छ ।
- जिम वा अन्य व्यायाममा जति धेरै इफोर्ट लागेजस्तो महसुस गरिन्छ, त्यति इफोर्ट लागेजस्तो महसुस तपाईंलाई एरोबिक्स गर्दा हुँदैन । अर्थात्, तपाईं रमाइलो गर्दै अभ्यास गर्नुहुन्छ ।
- शरीरमा रक्तसञ्चार बढाउँछ । श्वासप्रश्वासलाई तीव्र बनाउँछ र मस्तिष्कले आराम महसुस गर्छ । शरीर ऊर्जावान् हुन्छ । कोलेस्ट्रोल घटाउँछ र मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।
- एरोबिक्स अभ्यासपछि मानिसमा राम्रो निद्रा पर्ने गरेको छ । किनकि, अभ्यासका दौरान शरीरबाट पर्याप्त पसिना बगेको हुन्छ ।
- समूहमा बसेर एरोबिक्स गर्दाको मज्जा बेग्लै छ । नयाँ साथी सर्कल बन्छ । मुड फ्रेस रहन्छ । तर, कोभिडपछि अनलाइनमार्फत एरोबिक्स सिक्नेको संख्या पनि ठूलो छ । कतिपयले युट्युबमा भिडियो हेरेर पनि एरोबिक्स गर्नुहुन्छ ।
- एरोबिक्सले ह्याप्पी हर्मोन रिलिज गर्छ । जुनसुकै उमेरका मानिसले पनि यो अभ्यास गर्न सक्छन् । तर, घुँडा वा शरीरका अन्य भागमा चोट लागेका मानिसलाई निको भएपछि मात्रै गर्नु राम्रो हुन्छ । किनकि, यो अभ्यासका दौरान उफ्रने र नाच्ने काम धेरै हुन्छ ।
- बच्चाले पनि गर्न मिल्छ । स्ट्रेचिङले मोबिलिटी र फ्लेक्जिबिलिटी बढाउँछ । आजकल धेरै बच्चा मोबाइलमै झुम्मिएर बस्ने गरेकाले अभिभावकलाई हैरानी भएको हुन सक्छ । बच्चालाई खेल्न पठाउनका लागि पनि सहरमा पर्याप्त स्पेस हुँदैन । यस्तोमा बच्चालाई केही समयका लागि एरोबिक्स गर्न पठाइयो भने मोटोपन नियन्त्रण भएर जान्छ । वयस्क व्यक्तिले ३० देखि ६० मिनेटसम्म दैनिक एरोबिक्स गर्नु राम्रो हुन्छ । बच्चाले थोरै समय मात्रै गरे पनि पुग्छ । किनकि, बच्चाले उफ्रने र कुद्ने काम गरिरहेका हुन्छन् र त्यसबाटै उनीहरूको फिटनेस कायम भइरहेको हुन्छ ।
एरोबिक्स गर्नुअघि यी कुरामा ध्यान दिऊँ
शरीरमा अक्सिजन लेभल कसरी बढाउने ?
५ वर्ष अघि
सुझावित समाचार
घरैबाट ध्यान, विकासमा योगदान
विकास अर्थशास्त्री मिसेल टोडारोले विकासलाई उच्च आर्थिक वृद्धि गरी आर्थिक असमानता घटाउँदै निरपेक्ष गरिबी अन्त्य गर्ने एक बहुआयामिक …
कसरी जोगाउने स्क्रिनबाट आँखा ?
मोबाइल, कम्प्युटर, ल्यापटप, ट्याबलेट र टिभीजस्ता डिजिटल स्क्रिन लामो समय हेर्दा आँखामा थकान, सुक्खापन, पोल्ने, चिलाउने वा धमिलो द…
असाेज १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असाेज १० गते शनिबारदेखि असाेज १६ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्न…
भाइरल ज्वरो आउँदा के गर्ने ?
भाइरसको संक्रमणपछि देखिने ज्वरोलाई ‘भाइरल ज्वरो’ भन्ने गरिन्छ । इन्फ्लुएन्जा (फ्लु), राइनोभाइरस, एडेनोभाइरसलगायत विभ…
असाेज ३ देखि ९ गतेसम्मको साप्ताहिक राशिफल
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असाेज ३ गते शनिबारदेखि असाेज ९ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्…
साप्ताहिक राशिफल : २७ भदौ ०८३ (शनिबार) देखि २ असोज ०८३ (शुक्रबार)सम्म
मेष : विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । आर्थिक क्षेत्र सबल रहनेछ । स्वास्थ्यमा सकारात्मक संकेत देखिनेछ । व्याप…