श्रीलंकाको अर्थतन्त्रमा २०२४ देखि सुधार हुन्छ : राष्ट्रपति

आइतबार, १५ माघ, २०७९
डिजिटल संस्करण

श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले मुलुकको अर्थतन्त्रमा सन् २०२४ देखि वृद्धि हुने बताएका छन्। 

श्रीलंकाको अर्थतन्त्र सन् २०२२ मा ११ प्रतिशतले ऋणात्मक भएको थियो भने यस वर्ष २०२२ मा अर्थतन्त्रमा सामान्य सुधार आई ३.५ देखि ४ प्रतिशतको हाराहारीमा ऋणात्मक हुने अनुमान छ। 

राष्ट्रपति विक्रमासिंघेले  सरकारद्वारा सञ्चालित आर्थिक सुधारका परियोजनाहरू तथा ऋण पुनर्संरचना कार्यक्रममा अवरोध आए आर्थिक संकटमा मुलुक फस्दै जाने जोखिम अझै रहेको पनि बताए। 

श्रीलंकाको अनुराधापुरामा आयोजित एक धार्मिक सभामा सम्बोधन गर्दै राष्ट्रपति विक्रमासिंघेले देशको आर्थिक सुधारमा सहयोग गर्न सबैसँग आग्रह गरे। 

सुझावित समाचार