रास्वपाको बैठक बस्दै, लामिछानेलाई पुनः सभापति बनाउने सम्भावना

आइतबार, १५ माघ, २०७९
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक केहीबेरपछि बस्दै छ । रवि लामिछानेले आजै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएसँगै रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको हो । 

आजको बैठकमा लामिछानेलाई पुनः पार्टी सभापतिको जिम्मेवारी दिइने  बताइएको छ । 

सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार अमेरिकाबाट फर्किएपछि नेपालको नागरिकता पुनः प्राप्तिका लागि प्रक्रियामा नगएकाले लामिछाने नागरिकताविहीन भएको आदेश दिएसँगै उनको सभापति पद खारेज भएको थियो । 

आजको बैठकमा पछिल्लो परिवर्तित अवस्थाबारे विस्तृतमा छलफल हुने पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए । 

सुझावित समाचार