मुटुरोगसम्बन्धी सेवालाई विकेन्द्रीकरण गर्न जरुरी : राज्यमन्त्री कार्की

आइतबार, १५ माघ, २०७९
डिजिटल संस्करण

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले गंगालाल अस्पतालका मुटुरोगसम्बन्धी सेवाहरूलाई विकेन्द्रीकरण गर्न आवश्यक रहेको बताएकी छिन् ।

आइतबार सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले अस्पतालका सेवाहरूलाई विकेन्द्रीकरण गरी प्रादेशिकस्तरमा पुर्याउनु अति आवश्यक देखिएको बताइन् । उनले गंगालाल अस्पतालका संस्थाहरू प्रादेशिक अस्पतालमा सेवा युनिटको रूपमा स्थापना गर्न सरकारले पहल गर्ने उल्लेख गरिन् ।

राज्यमन्त्री कार्कीले १५ वर्षमुनिका बालबालिका र ज्येष्ठ नागरिकको हकमा निःशुल्क सर्जरी सेवा र स्वास्थ्य बिमा कार्यक्रमलाई विस्तारित गर्दै सम्पूर्ण रूपमा हरेक नागरिकले अनुभूत गर्नेगरी मुटुरोग उपचार शल्यक्रियालाई निःशुल्क बनाउने अभियान चलाउनुपर्ने धारणा राखिन् ।

‘१५ वर्षमुनिका र ज्येष्ठ नागरिकको हकमा निःशुल्क सर्जरी सेवा, स्वास्थ्य बिमा कार्यक्रमलाई विस्तारित गर्दै अब सम्पूर्ण रूपमा हरेक नागरिकले अनुभूत गर्ने गरी मुटुरोग उपचार शल्यक्रियालाई निःशुल्क बनाउने अभियान पनि ठूलो उद्देश्य छ,’ उनले भनिन् ।

सुझावित समाचार