- नेपालमा टिमुर अचारको रूपमा बढी प्रयोग हुन्छ । टिमुरलाई विभिन्न औषधिका रूपमा पनि प्रयोग गरिन्छ । हैजा, ज्वरो र पेटको विकार ठीक गर्न टिमुर लाभदायी हुन्छ ।
- टिमुरको बोक्रा, फल र बिउलाई दन्तमञ्जन, साबुन, अत्तरको रूपमा प्रयोग गरिन्छ ।
- जंगली जुका खसाल्न तथा जैविक विषादी बनाउँदा टिमुरको प्रयोग हुँदै आएको छ ।
- गाउँघरतिर टिमुरको तेल मर्किएको ठाउँ, टाउको दुख्दा र पिनास हुँदा प्रयोग गर्ने गरिन्छ ।
- युरोपका धेरै देशमा शृंगारका सामग्री र सुगन्धका प्रसाधनमा टिमुरको उपयोग गरिन्छ । त्यस्तै, त्यहाँका कतिपय मुलुकमा औषधिको रूपमा समेत प्रयोग हुन्छ ।
- चीनमा टिमुर एक प्रमुख मसलाका रूपमा रहेको पाइन्छ । टिमुरविना चिनियाँ भान्सा अधुरो हुने मास्टरसेफहरूको भनाइ छ । साथै, थाइल्यान्डमा समेत यो औषधिका रूपमा प्रयोग गरिन्छ ।