पर्यटक प्रहरीको स्थापना कहिले ?

अर्थ इतिहास

आइतबार, ८ माघ, २०७९
डिजिटल संस्करण

नेपालमा पर्यटक प्रहरीको स्थापना सन् १९७९ जनवरी २६ मा भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमातहत नेपाल प्रहरीकै विशेष विभागका रुपमा यसले काम गर्दै आइरहेको छ ।

प्रहरी नायब उपरीक्षकको रेखदेखमा कार्यरत पर्यटक प्रहरीको संख्या २३९ रहेको छ । उपत्यकाभित्र १० इका र उपत्यकाबाहिरका १२ जिल्लामा १८ इकाइसहित देशभर २८ ओटा इकाइ रहेका छन् । 

काठमाडौंको भृकुटीमण्डपमा यसको प्रधान कार्यालय छ । पर्यटक प्रहरीले पर्यटकलाई सहजीकरण र सुरक्षा सेवा प्रदान गर्ने कार्यमा सक्रियता देखाउँदै आएको छ । ‘पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरी’ भन्ने विशेष नारा सहित पर्यटकलाई राम्रो र प्रभावकारी सेवा प्रदान गर्नु पर्यटक प्रहरी मुख्य दायित्व हो । 

सुझावित समाचार