महिलाहरूले पार्टीमा साडीभन्दा लेहेंगा लगाएर जान थालेका छन् । बेहुलीले पनि लेहेंगा लगाउने फेसन आएको छ । फेसनेबल र आकर्षक हुने भएकाले हरेक उमेर समूहका महिलाको रोजाइमा परेको छ, लेहेंगा । विवाह पार्टीमा नाच्दा, गाउँदा साडीमा भन्दा लेहेंगामा सहज हुन्छ ।
ब्राइडल लेहेंगा
नेपालमा ब्राइडल लेहेंगाका लागि भेल्भेटको कपडा प्रयोग गरिएको हुन्छ । यो विशेष गरी विवाह र अन्य पार्टीमा लगाइन्छ । भेल्भेट आफैँमा रोयल फ्याब्रिक हो । भेल्भेट कपडा चम्किलो हुन्छ, त्यसैले पनि लेहेंगा झनै आकर्षक देखिन्छ ।
प्रिन्टेड फ्याब्रिक लेहेंगा
प्रिन्टेड फ्याब्रिक लेहेंगा पनि महिला दिदीबहिनीहरूको रोजाइमा पर्ने गरेको छ । विवाह पार्टी होस् वा समारोहमा होस्, सधैँ लेहेंगा प्रिय बनेको छ । यसका लागि फ्याब्रिक कपडाको थान आउँछ । त्यसमा ब्लाउज, सल म्याच हुने गरी डिजाइन गरिन्छ ।
सिल्क लेहेंगा
सिल्क कपडा मुलायम हुन्छ । यसको मुल्य पनि अन्य लेहेंगाभन्दा अलि सस्तो पर्न आउँछ । आफ्नो बजेटअनुसारको डिजाइन र स्टाइलका लेहेंगा अर्डर गर्दा राम्रो हुन्छ ।