चिसोमा जोर्नी दुखे के गर्ने ?

आइतबार, ८ माघ, २०७९
डिजिटल संस्करण

चिसोयाममा हाडजोर्नी दुख्ने समस्या धेरैमा देखिन्छ । चोटपटक लागेर भाँच्चिएको वा मर्किएको ठाउँमा दुखाइ बल्झन सक्छ । बाथरोग तथा इन्फेक्सनको कारणले पनि दुखाइ हुन्छ । एकैठाउँमा बस्दा, शारीरिक व्यायाम नगर्दा, भिटामिन डी, क्याल्सियमको कमी हुँदा पनि जोर्नीको दुखाइ बढ्ने हुन्छ । वृद्धवृद्धामा हड्डी खिइएर नसा च्यापिने पनि हुन्छ । 

समस्या

  • हड्डी दुख्ने, हड्डी कमजोर भएजस्तो लाग्ने ।
  • हातखुट्टा दुख्ने, सुन्निने ।
  • पलेँटी कस्दा बढी दुख्ने ।
  • भर्याङबाट ओरालो झर्दा बढी दुख्ने ।
  • करेन्ट लागेको जस्तो हुने, झमझम हुने, पोल्ने । 
  • खुट्टा उचाल्न गाह्रो हुने । 
  • शरीरका सबै भाग दुख्ने । 
  • दुखेको ठाउँमा थिच्दा वा मालिस गर्दा केही थाहा नहुने, तर भित्रभित्रै दुख्ने ।
  • बालबालिकामा खुट्टा बांगिने । छातीको हड्डी सुन्निएको देखिने । 

कसरी बच्ने ?

  • जाडोमा आफूलाई न्यानो बनाउने ।
  • भिटामिन डी र क्याल्सियमको मात्रा बढाउने खानेकुरा सेवन गर्ने । 
  • बिहान १५–२० मिनेट घाममा बस्ने । 
  • धूम्रपान, मद्यपान नगर्ने । 
  • सकभर घरबाहिरको खाना नखाने । 
  • हड्डी खिइन कम गर्ने औषधि प्रयोग गर्ने । 
  • फिजियोथेरापी गर्ने । 
  • न्यानो भएर नियमित व्यायाम गर्ने । योगा र स्ट्रेचिङ गर्ने ।
  • रोगअनुसारका बिरामीले खानपानमा ध्यान दिने । आफूलाई असर गर्ने खानेकुरा नखाने । 
  • युरिक एसिडका बिरामीले रातो मासु, गेडागुडीको कम प्रयोग गर्ने । 
  • पर्याप्त पानी खाने । 
  • हाडजोर्नीसम्बन्धी कुनै समस्या भए अस्पताल जाने, चिकित्सकको सल्लाहअनुसार उपचार गर्ने । 
See More On

सुझावित समाचार