सडक दुर्घटना कम गर्न के गर्ने ?

आइतबार, ८ माघ, २०७९
डिजिटल संस्करण
  • ट्राफिक लाइटको नियम पूर्ण रूपमा पालना गर्ने । हरियो, रातो, पहेँलो बत्तीमा ध्यान दिने । 
  • पैदलयात्रीले ‘ओभरहेड ब्रिज’को अनिवार्य प्रयोग गर्ने ।
  • सधैँ फुटपाथबाट मात्रै हिँड्ने, जथाभावी नहिँड्ने । 
  • यदि सडकमा फुटपाथ छैन भने सधैँ दायाँ साइडबाट मात्रै हिँड्ने गर्नुपर्छ । यसो गर्दा विपरीत दिशाबाट आइरहेको सवारीसाधन प्रत्यक्ष रूपमा देखिन्छ र दुर्घटनाको जोखिम कम हुन्छ । 
  • बस, माइक्रोलगायतमा झुन्डिएर, छतमा बसेर वा ढोकामा बसेर यात्रा नगर्ने । 
  • लेन अनुशासन पालना गर्ने ।
  • जेब्राक्रसको प्रयोग गर्ने । 
  • साइकल लेन नभएको सडकमा सकेसम्म साइक्लिङ नगर्ने ।
  • सवारीचालकले ध्यान दिनुपर्ने 
  • गाडीको कन्डिसन चेक गरेर मात्रै सवारी हाँक्ने । कन्डिसनमा नरहेको गाडीले जुनसुकै वेला धोका दिन सक्छ र दुर्घटना पनि निम्त्याउन सक्छ । 
  • मद्यपान गरेर सवारीसाधान नचलाउने । यात्रुले पनि मद्यपान गरेका चालकको सवारीमा सवार नगर्ने ।
  • मानसिक तथा शारीरिक रूपमा फ्रेस हुँदा मात्रै सवारीसाधन चलाउने । 
  • लामो दूरीमा सवारीसाधन चलाउँदा चालक थकित हुन्छन् । जसले दुर्घटनाको जोखिम बढाउँछ । त्यस्तो अवस्थामा हरेक दुई–दुई घन्टामा ब्रेक लिने । जसले तपाईंलाई फ्रेस बनाउँछ । 
  • मोटरसाइकलपछाडि बस्ने यात्रीले पनि हेलमेट अनिवार्य प्रयोग गर्ने । 
  • सवारीसाधानलाई तीव्र गतिमा नचलाउने ।

सुझावित समाचार