अदुवाचियाका फाइदा

बिहिबार, ५ माघ, २०७९
डिजिटल संस्करण

- जाडोमा अदुवा हालेर चिया खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । अदुवाचियाले पेट दुख्न कम गर्नुका साथै तनाव पनि कम गराउँछ ।
- यात्रामा जानुभन्दा अघि अदुवाचिया खाँदा बान्ता हुनबाट बचाउँछ । 
- शरीरको अनावश्यक तौल कम गर्न सहयोग पुर्याउँछ । 
- क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।
- रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ । 
- रक्तसञ्चारमा सहयोग पुर्याउँछ । 
- पाचन प्रक्रियामा सुधार ल्याउँछ । 
- शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन बढाउँछ । 
- महिनावारी गडबडी हुने महिलामा नियमित बनाउन सहयोग गर्छ । 
- अल्जाइमरजस्ता घातक रोग लाग्नबाट बचाउँछ । 
- हड्डी र बाथरोगका बिरामीका लागि फाइदाजनक हो ।

सुझावित समाचार