खेलाडीलाई यस्तो डाइट

मंगलबार, ३ माघ, २०७९
डिजिटल संस्करण

खेलकुदमा करिअर बनाउने र प्रतियोगितामा सहभागी हुनेले प्रशिक्षक वा डाइटिसियनको निगरानीमा विशेष डाइट रुटिन फलो गरेका हुन्छन् । खेलाडीहरू क्याम्पमा बसेको वेला प्रशिक्षकहरूले डाइट प्लानिङ गरेका हुन्छन् । तर, तपाईं फिटनेसका लागि तेक्वान्दो खेल्दै हुनुहुन्छ भने हेभी डाइटिङ आवश्यक पर्दैन ।  तपाईंको डाइट सन्तुलित र स्वस्थ भने हुनुपर्छ । 

बिहान मनतातो पानी पिएर तालिम गर्न सकिन्छ । तेक्वान्दो तालिम सकेर फर्किएपछि झोलिलो पदार्थ सेवन गर्नु राम्रो हुन्छ । मात्रा मिलाएर नियमित रूपमा चना, अन्डा, माछामासु, फलफूल तथा दूधजन्य पदार्थ खान सकिन्छ । पानी पर्याप्त पिउनुपर्छ । 

तेक्वान्दोले बालबालिकामा ध्यान, आत्मविश्वास र आत्मसम्मानको भाव बढाउँछ । यसको प्रशिक्षणका दौरान गरिने योगा, श्वासप्रश्वाससम्बन्धी अभ्यास र आत्मविश्लेषण कला मानिसको समग्र जीवनका लागि उपयोगी छ ।

त्यसैले बालबालिकालाई तेक्वान्दो खेलाउन अनिवार्य छ । दैनिक तेक्वान्दो प्रशिक्षण गर्दा शरीरका मासंपेशीहरू बलियो हुन्छन्, स्टामिना बढ्छ, रक्तसञ्चार राम्रो हुन्छ र शरीर लचकदार तथा फुर्तिलो बन्छ । बालबालिकाको शारीरिक विकासका लागि यो अत्यावश्यक छ ।

यससँगै बालबालिकालाई अनुशासन सिकाउँछ, अद्भूत ध्यानशक्तिको विकासले स्मरणशक्ति बलियो बन्छ, तनावलाई सहज रूपमा सामना गर्न सिकाउँछ, जसले गर्दा बालबालिकाको व्यक्तित्वमा निरन्तर निखार आउँदै जान्छ र भविष्यमा उनीहरूलाई आफू लागेको क्षेत्रमा सफल हुन प्रेरणा मिल्छ । 

See More On

सुझावित समाचार