सञ्जय अग्रवाल दक्षिण एसियाका टप १० बिजनेस लिडर्समा छनोट

आइतबार, १ माघ, २०७९
डिजिटल संस्करण

सिइओ इनसाइट एसियाद्वारा ‘दक्षिण एसियाका उत्कृष्ट १० बिजनेस लिडर्स–२०२२’ मा नेपालका युवा व्यवसायी सञ्जय अग्रवाल सम्मानित भएका छन् । अग्रवालले कलर्स, स्पाइस, एचटिसी, ब्ल्याकबेरी, जिओनी र साओमीलगायत नेपालमा धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय मोबाइल कम्पनीहरूको निर्माणमा भूमिका खेलेका छन् ।

हाल उनी रमेश कर्पोरेसनका कार्यकारी निर्देशक छन् । मोबाइल क्षेत्रको विकासका लागि राष्ट्रियस्तरका नीति बनाउने मोबाइल फोन आयातकर्ता संघ नीति निर्धारण गर्ने निकायको उपाध्यक्षमा पनि नियुक्त छन् ।

यो अवार्ड अग्रवालको नेतृत्वदायी भूमिका र नेपालका विभिन्न उद्योगहरू, विशेष गरी मोबाइल, कन्ज्युमर ड्युरेबल र प्रविधिमा उल्लेखनीय योगदानको कदर गर्दै प्रदान गरिएको हो । 

सुझावित समाचार