माघी (माघे संक्रान्ति)का अवसरमा छोक्रा नाचमा रमाउँदै दाङको दंगीशरण गाउँपालिका– ४ मौलीका थारू युवायुवती । गाउँका युवायुवती भेला भएर घर–घरमा पुगी माघीको अघिल्लो रातिदेखि छोक्रा नाच्ने चलन छ ।
माघीपछि पनि तीन–चार दिनसम्म छोक्रा नाच गर्ने र यसक्रममा उठेको पैसाले खानपिन गरेर ‘सानो माघी’ मनाउने गर्छन् । नाचका क्रममा दिइने दानदक्षिणा नर्तकीहरूले उल्टो घोप्टिएर मुखले टिप्नुपर्ने मान्यता छ ।
थारू समुदायले माघे संक्रान्तिलाई नयाँ वर्षका रूपमा मनाउँछन् । नयाँ वर्षको योजना र गत वर्षको समीक्षा पनि यही पर्वमा गर्छन् ।