काभ्रेको खानीखोला गाउँपालिकाले तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व सोनाम ल्होछारमा तीनदिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले २८५९औँं तावर/ह्योई ल्हो (बिरालो वर्ग)को सोनाम ल्होछारको अवसरमा गाउँपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले आगामी माघ ७, ८ र ९ गते गाउँपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय र शैक्षिक संस्थासमेत बिदा दिने निर्णय गरेको बताए।