सेन्ट्रल जेलबाट यसरी बाहिरिए सन्दीप [फोटोफिचर]

शुक्रबार, २९ पुष, २०७९
डिजिटल संस्करण

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने धरौटीमा रिहा भएका छन्।

धरौटी बुझाएर केन्द्रीय कारागारबाट बाहिरिएका सन्दीप समर्थकबाट घेरिएका थिए। उनीलाई लिन केन्द्रीय कारागार पुगेका आफन्तसँगै सयौँ समर्थक उनलाई स्वागत गर्न जेलबाहिर जम्मा भएका थिए। सन्दीपलाई उनका आफन्तले ढाकाटोपी लगाइदिएर स्वागत गरेका थिए।

उच्च अदालत पाटनले दिएको आदेशपछि २० लाख रुपैयाँ धरौटी बुझाएर उनी आज रिहा भएका हुन्। सन्दीपलाई धरौटीमा छोड्ने आदेश गर्दा अदालतले उनलाई विदेश जान रोक लगाएको छ भने पीडित र मुद्दाबारे कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय, सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जालमा कुनै टीका–टिप्पणी गर्न पनि निषेध गरेको छ। 

बिहीबार न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छोड्न आदेश दिएको थियो।

सुझावित समाचार