बिवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंक र बिवाइडी इन्डियाको संयुक्त आयोजनामा ब्लेड ब्याट्रीलाई नेल पेनेट्रेसन टेस्ट (सियोले घोचेर गरिने प्रयोग) सम्पन्न भयो । उक्त कार्यक्रम नेपालबाट अटो एक्स्पो २०२३ अवलोकनका लागि गएको नेपाली पत्रकारको टोलीलाई नेल पेनेट्रेसन टेस्ट देखाइएको थियो ।
परीक्षणमा एनसिएम ब्याट्री र बिवाइडी ब्लेड ब्याट्री प्रयोग गरिएको थियो । सुरक्षित डोमभित्र गरिएको टेस्टमा एनसिएम ब्याट्रीलाई प्वाल पार्दा ठूलो आवाज निकालेर पड्केको थियो । तर, त्यही प्वाल पार्दा ब्लेड ब्याट्रीमा आगो लाग्ने वा पड्कने केही भएन ।
बिवाइडी इन्डियाका नेसनल सेल्स हेड, प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख श्रीराङ जोशीले नेपालबाट गएका साइमेक्स इंक र मिडियाका प्रतिनिधिहरूलाई स्वागत गर्दै ब्याट्रीको विशेषताको बारेमा जानकारी दिएका थिए ।