सन्दीपलाई जिल्ला अदालत लगियो, केहीबेरमा छुट्दै

शुक्रबार, २९ पुष, २०७९
डिजिटल संस्करण

क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ । 
उच्च अदालत पाटनको आदेशअनुसार धरौटीमा रिहाइको प्रक्रियाका लागि उनलाई जिल्ला अदालत लगिएको हो । 

लामिछानेलाई २० लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त गर्न उच्च अदालतले दिएको आदेशको पत्र पनि जिल्ला अदालत काठमाडौं पुगेको छ । 

लामिछानेका कानुन व्यवसायी सुवास पाठकका अनुसार थुनामुक्त गर्न दिएको आदेशको पत्र काठमाडौं जिल्ला अदालतमा बुझाइएको छ । पत्र आइसकेपछि थुनामुक्तको प्रक्रिया अघि बढेको र २० लाख रुपैयाँ धरौटी बुझाएपछि अदालतले थुनामुक्त गर्नका लागि पत्र लेखिदिने पाठकले जानकारी दिए । 

बालिका जबर्जस्ती करणी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेलाई उच्च अदालत पाटनले हिजोे २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । 

सम्पूर्ण प्रक्रिया पूरा गरेर लामिछाने आज छुट्दै छन् । 

सुझावित समाचार