नेपालमा पानासोनिकको पहिलो सोरुम सञ्चालन

बिहिबार, २८ पुष, २०७९
डिजिटल संस्करण

भारतमा विद्युतीय निर्माण सामग्रीको उत्कृष्ट उत्पादकमध्ये एक पानासोनिक लाइफ सोलुसन्स इन्डियाले नेपालमा पनि सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले सार्क क्षेत्रमै २१औँ र नेपालमा पहिलो एक्सक्लुसिभ हाउजिङ सोलुसन फ्रेन्जाइज सोरुम सञ्चालनमा ल्याएको हो । 

स्पेसबाहेक कम्पनीले भारतमा विभिन्न प्रकारका स्मार्ट इलेक्ट्रोनिक्स, पावर, हाउजिङ, इनर्जी र होम अटोमेसन सोलुसनमा काम गर्दै आएको जनाइएको छ । अत्याधुनिक उत्पादन डिजाइनका साथ सोरुमले स्तरीय मोड्युलर किचेन्स, वार्डरोब, इलेक्ट्रोनिक ट्वाइलेट सिट, लुगा सुकाउने प्रणाली, रिभोल्भिङ सुज र्याकजस्ता उत्पादन सोरुममा उपलब्ध गराउने कम्पनीले जनाएको छ । कम्पनीले अर्को पुस्ताको प्रविधिको अनुभव लिन सहज बनाउँदै आवासीय, व्यावसायिक र औद्योगिक क्षेत्रका लागि जुत्ता राख्ने र्याक र सिटेड सावरजस्ता उत्पादन पनि ल्याउने उल्लेख गरेको छ । 

पानासोनिक लाइफ सोलुसन्सको विश्वव्यापी विशेषज्ञताका कारण काठमाडौंका रियल इस्टेट्सँग सम्बन्धित, आर्किटेक्ट, इन्टेरियर डिजाइनर र उपभोक्ताहरूलाई अनुपम अनुभव प्रदान गर्ने उत्प्रेरकको काम गर्ने कम्पनीले विश्वास व्यक्त गरेको छ । टेकुको तारा भवनमा स्थापित रुक्मणि इन्टरनेसनल नामक सोरुमले परिष्कृत सुरक्षा, आराम र सुविधाका कारण रणनीतिक रूपमा अवस्थित पानासोनिक लाइफ सोलुसन्सको सोरुम घरलाई सुन्दर र जीवनलाई सहज बनाउन आवश्यक उत्पादन तथा समाधान प्रस्तुत गर्ने कम्पनीको दाबी छ ।

पानासोनिक होम एन्ड लिभिङका लागि काठमाडौंको सोरुम रुक्मणि इन्टरनेसनल फ्रेन्चाइजीका साझेदार आदित्य बुधियाले भने, ‘रुक्मणि इन्टरनेसनल नयाँ साझेदारीबाट निकै उत्साहित छ । पानासोनिक लक्जरी कलश किचेन्स एसियाली घरका लागि साँच्चै एसियाली किचन हुन्, जसले राम्रो डिजाइन गरिएका गुणस्तरीय किचनमा कार्यक्षमता खोज्ने ग्राहकहरूको माग पूरा गर्नेछ ।’
 

सुझावित समाचार