अमेरिकाका सबै आन्तरिक उडान ठप्प

बुधबार, २७ पुष, २०७९
डिजिटल संस्करण
अमेरिकाका सबै आन्तरिक उडान ठप्प

साल्टलेक सिटी अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका विमानहरू । तस्बिर : रिक बउमर/एपी

उडान नियन्त्रण प्रणालीमा भएको गडबडीका कारण अमेरिकाका सबै आन्तरिक उडान ठप्प भएका छन्।

संघीय उड्डयन प्राधिकरण एफएएको कम्प्युटरमा खराबी देखिएपछि आन्तरिक उडान रोकिएका हुन्।

हवाई मार्गमा कुनै खतराको आशंका देखिएमा चालकलाई सावधानी गर्ने प्रणालीमै खराबी आएकाले उडान रोकेर प्रणाली सुधारको काम थालिएको एफएएका अधिकारीहरूले बताएका छन्। 

एफएएले चाँडै उडान पूर्ववत् रूपमा सञ्चालन हुने जनाएको छ। (एजेन्सी)

सुझावित समाचार