सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका रावलको दाबी

बुधबार, २७ पुष, २०७९
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले दाबी पेस गरेका छन्।

उनले नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा प्रदेश प्रमुख देवराज जोशीसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

५३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि २७ मत आवश्यक पर्छ। रावललाई एमालेका १०, माओवादीका ११, नागरिक उन्मुक्तिका सात र राप्रपाका एक सांसदको समर्थन छ।

सुझावित समाचार