कांग्रेसको पदाधिकारी बैठक सकिएको छ । पदाधिकारी बैठकलगत्तै कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने निर्णयमा कांग्रेस अझै अनिर्णीत देखिएको छ ।
सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बिहान बसेको पदाधिकारी बैठकमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थप छलफल गर्ने निर्णय भएको एक पदाधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले हिजो साँझ धुम्बाराही पुगेर देउवासँग विश्वासको मत मागेका थिए । त्यसवेला देउवाले पार्टीमा छलफल गरी निर्णय लिइने बताएका थिए ।