मेकअप गर्दा...

मंगलबार, २६ पुष, २०७९
डिजिटल संस्करण

- धुवाँधुलोले छाला सुक्खा बनाउने हुँदा मेकअप गर्नुभन्दा अगाडि क्लिन्जिङ गर्नुपर्छ । छालाको टोनअनुसार मोस्चराइजर अनिवार्य प्रयोग गर्नुपर्छ । यसले छाला सुक्खा हुनबाट बचाउनुका साथै मेकअपलाई सेट गर्नसमेत सहयोगी भूमिका खेल्छ ।

- मोस्चराइजर लगाएको केही समयपछि मात्र प्राइमर र त्यसपछि सनब्लक लगाउनुपर्छ ।

- छालाको टोनअनुसार फाउन्डेसन लगाउनुपर्छ । तर, बजारमा पाइने  जुनसुकै ब्रान्डका फाउन्डेसन प्रयोग गर्नुहुँदैन । फाउन्डेसनको छनोटमा ध्यान नदिँदा छालामा दीर्घकालीन समस्या आउन सक्छ । 

- फाउन्डेसन लगाउनुभन्दा अगाडि अनुहारमा सेरम वा तेल प्रयोग गर्नाले छाला सुक्खा हुनबाट बचाउँछ । 

- महिलाहरू जाडो महिनामा घाममा बस्ने गर्छन् । त्यसैले सनब्लक अनिवार्य लगाउनुपर्छ । चार घन्टाको फरकमा सनब्लक लगाउँदा अझ राम्रो हुन्छ ।

See More On

सुझावित समाचार