नेपाल लाइफको एमडिआरटी अचिभर्स अवार्ड, २०२३ वितरण

मंगलबार, २६ पुष, २०७९
डिजिटल संस्करण

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एमडिआरटी अचिभर्स अवार्ड, २०२३ कार्यक्रममा एमडिआरटीका लागि योग्य दुई सय ४३ जनालाई सम्मान गरेको छ । कम्पनीले वर्ष सकिएको सात दिनभित्रै सन् २०२२ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म ३७ लाख ९२ हजार तीन सय रुपैयाँ प्रथम बिमा शुल्क संकलन गरी एमडिआरटीका लागि योग्य भएकालाई सम्मान गरेको हो । 

कार्यक्रममा देशबाहिर रहेका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले भर्चुअल माध्यमबाट सम्बोधन गरेको जनाइएको छ । आफ्नो भिडियो सन्देशमा प्रमुख कार्यकारी अधिकृत पराजुलीले अभिकर्ताहरू कम्पनीको मेरुदण्ड भएको भन्दै सम्मानित अभिकर्तालाई बधाई दिएका थिए । अभिकर्ताको मिहिनेत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो । उनीहरूको चौतर्फी विकासका निम्ति कम्पनी निकै नै संवेदनशील रहेको उनले बताए । 

कार्यक्रमको उद्घाटन गर्दै नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले उद्घाटन गरेका थिए । कार्यक्रममा अर्का नायब महाप्रबन्धक उमापति पोखरेलले कम्पनीको आगामी रणनीतिबारे प्रकाश पारेका थिए । कार्यक्रममा नेपालका आठ हजार मिटरभन्दा अग्ला सबै शिखर आरोहण गर्ने पहिलो महिला बनेर कीर्तिमान कायम गरेकी पूर्णिमा श्रेष्ठलाई विशिष्ट अतिथिको आशनग्रहण गराइएको थियो । श्रेष्ठले मान्छेले प्रगति गर्नका निम्ति आफूसँगै प्रतिस्पर्धा गर्नुपर्ने र आफ्नो सीप विकासमा सदैव दत्तचित्त भएर लाग्नुपर्ने बताइन् । 
 

सुझावित समाचार