बेकोका उत्पादनमा शतप्रतिशत पार्टस् उपलब्ध तथा आफ्टर सेल्स सर्भिस ग्यारेन्टी

मंगलबार, २६ पुष, २०७९
डिजिटल संस्करण

चौधरी ग्रुपले नेपाली बजारमा बिक्री–वितरण गर्दै आएको होम अप्लायन्सेज ब्रान्ड बेकोका उत्पादनहरूको शतप्रतिशत पार्टस्को उपलब्धता तथा आफ्टर सेल्स सर्भिसको ग्यारेन्टी दिएको छ । कम्पनीले बेकोका उत्पादनहरूमा १२ वर्षसम्मको पार्टस् वारेन्टीका साथै नेपालभरिका आफ्ना ४० भन्दा बढी सर्भिस सेन्टरहरूबाट यो सेवा दिएको हो ।

हालै कम्पनीले जाडो मौसमलाई लक्षित गर्दै ‘वेलकम विन्टर’ नामक योजना पनि नेपाली बजारमा सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत ग्राहकले बेको ब्रान्डका जाडो मौसममा प्रयोग हुने सामानको  खरिदमा आकर्षक उपहार प्राप्त गर्न सक्ने जनाएको छ । योजनाअनुसार वासिङ मेसिन र वासर ड्राएरको खरिदमा ६ केजी सर्फ एक्स्सेल म्याटिक वासिङ पाउडर, डिसवासरको खरिदमा दुई प्याकेट फोर्चुन डिसवासर ट्याब्लेट उपहार प्राप्त हुने कम्पनीले जनाएको छ । त्यस्तै, एयर कन्डिसनरको खरिदमा चार हजार रुपैयाँबराबरको फ्री इन्स्टलेसन पाइने उल्लेख छ । योजना सीमित अवधिका लागि लागू भएको जनाइएको छ । 

बेको ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुपले सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ  कम्पनीका सिजी डिजिटल सोरुमहरू काठमाडौंभित्र टंगाल, कुमारीपाटी, भक्तपुर राधेराधे, कीर्तिपुर, रविभवन, हातीगौँडा, त्रिपुरेश्वर, नयाँ बजार, वसुन्धरा, जोरपाटी र काठमाडौंबाहिर इटहरी, हेटौँडा, भरतपुरमा रहेको कम्पनीले जनाएको छ । 

See More On

सुझावित समाचार