राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको राजनीतिक संस्कृतिले संघीयतालाई बचाउन नसकिने बताएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष केसीले देशमा उद्योग कलकारखाना खोल्नुनपर्ने ठाउँमा भएका कारखानाहरूलाई पनि निजीकरण गर्दा समस्या उत्पन्न भइरहेको बताए।
उनले संघीयता अहिले देशमा मन्त्री, सांसद बनाउने कारखाना मात्रै टिप्पणी गरे। अहिले पनि देश बेवारिसे भएको भन्दै राजनीतिक दलहरू सत्तामा कसरी जाने? र, जुनसुकै मूल्य चुकाएर भए पनि सरकारमा जानैपर्ने स्थिति विकराल बन्दै गएको उनले बताए। राजनीति पार्टीहरूप्रति, नेता, सांसद, मन्त्रीहरूप्रति जनताको आस्था नरहेकोप्रति उनले चिन्ता व्यक्त गरे।