बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा पवनकुमार गोल्यान निर्विरोध निर्वाचित भएका छन् । आइतबार सम्पन्न कार्यसमितिको निर्वाचनमा सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।
गोल्यान एनएमबि बैंकका अध्यक्ष हुन् । वरिष्ठ उपाध्यक्षमा मेगा बैंकका सञ्चालक भोजबहादुर शाह, उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका राजेश उपाध्याय, महासचिवमा सिटिजन्स बैंक इन्टरनेसनका राजनसिंह भण्डारी, कोषध्यक्षमा एनआइसी एसियाका तुल्सीराम अग्रवाल र सचिवमा रिलायन्स फाइनान्सका कुशप्रसाद मल्ली निर्वाचित भएका हुन् । सहकोषाध्यक्षमा हिमालयन बैंकका प्रचण्डबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।
सदस्यमा, नबिल बैंकका उपेन्द्रप्रसाद पौडेल, प्रभुका लीलाप्रकाश सिटौला, कुमारीका उपेन्द्रकेशरी न्यौपाने, सन्राइजका मोतीलाल दुगड, बैंक अफ काठमाण्डूका राधेश पन्त, एक्सेल विकास बैंकका महेन्द्रकुमार गोयल, मुक्तिनाथ विकास बैंकका भरतराज ढकाल र नेपाल फाइनान्सका हिरेन्द्रमान प्रधान निर्वाचित भएका छन् ।