पोलले थाम्नै नसक्ने तारकाे जालाे, यात्रुलाई सास्ती

आइतबार, २४ पुष, २०७९
डिजिटल संस्करण

काठमाडौंको कमलादी मोडमा विद्युतको पोल भाँचिएर रोड ब्लक भएको छ। इन्टरनेट तथा केबुललगायतको तारको भार थाम्न नसकेर पोल भाचिँदा सवारीसाधन र पैदल यात्रुलाई समेत असहज भएको छ।

साे पोलका कारण बिहानैबाट समस्या भएको महानगरीय ट्राफिक प्रहरीका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताए। सम्बन्धित निकायमा खबर गर्दा पनि मर्मतका लागि अहिलेसम्म कोही नआएको ड्युटीमा खटिएका ट्राफिक प्रहरीले बताएका छन्।

तस्बिरहरू :

सुझावित समाचार