ग्यास्ट्रिकका लक्षण र बच्ने उपाय

आइतबार, २४ पुष, २०७९
डिजिटल संस्करण

लक्षण
- नाइटोभन्दा माथि छातीभन्दा तल दुख्ने, असहज महसुस हुने 
- ढ्याउढ्याउ आउने 
- बान्ता हुने 
- पेट फुल्ने 
- अमिलो पानी आउने 
- खाना खाएपछि अप्ठ्यारो हुने 

ग्यास्टिक हुँदा के गर्ने, के नगर्ने ?
- जीवनशैली परिवर्तन गर्ने 
- लामो समय खाली पेट नबस्ने 
- नियमित खाना खाने, थोरै खाने, समयमा खाने, दुई–तीन घन्टाको फरकमा खानेकुरा खाने 
- धूम्रपान तथा मद्यपान नगर्ने 
- सागसब्जी, फलफूल प्रशस्त मात्रामा खाने 
- प्रशस्त पानी पिउने
- धेरै चिल्लो, अमिलो, पिरो खानेकुरा नखाने
- धेरै तनाव नलिने 
- नियमित व्यायाम गर्ने 
- जथाभावी दुखाइ कम गर्ने औषधि सेवन नगर्ने 
- थप समस्या परेमा चिकित्सकको सल्लाहमा औषधि उपचार गर्ने । 

सुझावित समाचार