गरिमा विकास बैंकको १४.५० प्रतिशत लाभांश प्रस्ताव पारित

शुक्रबार, २२ पुष, २०७९
डिजिटल संस्करण

गरिमा विकास बैंकको १६औँ वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ। सभाबाट बैंकका अध्यक्ष श्यामप्रसाद बस्यालले प्रस्तुत गरेका आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन पारित भएको छ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्ता पुँजी (चार अर्ब ५९ करोड आठ लाख ७३ हजार ५०१ रुपैयाँ ८९ पैसा)को १३ प्रतिशतबराबर बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश (लाभांश कर प्रयोजनसमेतका लागि) गरी जम्मा १४.५० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ।

यसपश्चात् बैंकको चुक्ता पुँजी पाँच अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७.१४ रुपैयाँ पुग्नेछ। साधारणसभामा गत आर्थिक वर्षमा उत्कृष्ट कार्यसम्पादन गर्ने शाखाहरूलाई सम्मानसमेत गरिएको छ। बैंकको आन्तरिक मूल्यांकनअनुसार प्रथम पुतलीबजार शाखा, दोस्रो इमाडोल शाखा, तेस्रो बयरघारी शाखा र चौथो हेम्जा शाखा भएका छन्।

सुझावित समाचार