मधेस प्रदेशमा पुस २८ गतेभित्र सरकार बनाउन आह्वान भएको छ। प्रदेशप्रमुख हरिशंकर मिश्रले २८ गते बिहीबार बेलुकी ४ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका हुन्।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस आह्वान गरिएको छ।
