कम्बोडियामा निधन भएका निराकार पाण्डेको शव ल्याउन सरकारले आर्थिक सहयोग गर्ने

शुक्रबार, २२ पुष, २०७९
डिजिटल संस्करण

कम्बोडियामा निधन भएका निराकार पाण्डेको शव ल्याउन सरकारले आर्थिक सहयोग गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको शुक्रबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

कम्बोडियाको पोइपेट सहरको ग्रान्ड डायमन्ड सिटी होटेल र क्यासिनोमा गत बुधबार राति भीषण आगलागी हुँदा झापा बिर्तामोडका पाण्डेसहित १९ जनाको ज्यान गएको थियो।

सुझावित समाचार