नेपाली सेनाका उपरथी प्रेम शाहीलाई तत्काल अनिवार्य अवकाशमा नपठाउन सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनमा सन्देह देखिएको छ । उनलाई सेनाले बुधबारबाट लागू हुने गरी अनिवार्य अवकाशमा पठाउन १५ दिनअघि नै पत्र काटेको थियो ।
उमेरहदको कारण देखाउँदै सेनाले शाहीलाई २० पुसबाट लागू हुने गरी अनिवार्य अवकाशमा पठाउन लागेको हो । तर, सेवाबाट अवकाश हुन अझै वर्ष दिन बाँकी रहेको दाबी गर्दै सेनाको पत्रविरुद्ध शाही सर्वोच्च गएका थिए ।
उनको निवेदनविरुद्ध सर्वोच्चले २० पुसमा अवकाश दिने पत्र तत्काल कार्यान्वयन नगर्न आदेश गरेको थियो । अदालतको आदेशपत्र बोकेर मंगलबार जंगी अड्डा पुगेका शाहीलाई तत्कालै सैनिक हिरासतमा राखिएको हो ।
सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले सर्वोच्चको आदेश र उपरथी शाहीलाई हिरासतमा राखिएको घटना फरक–फरक रहेको बताए । शाहीलाई आर्थिक अनियमितता आरोपमा हिरासतमा राखिएको उनले दाबी गरे ।
‘उपरथी शाहीलाई अहिले सैनिक पहराभित्रै रहन भनेका हौँ । विभिन्न पदमा रहेका वेला भएका आर्थिक अनियमितताको सम्बन्धमा अनुसन्धान गर्नुपर्ने भएको हुँदा उहाँलाई पक्राउ गरिएको हो । सर्वोच्च अदालतको आदेशसँग यसको कुनै सम्बन्ध छैन,’ उनले भने ।
सेनामा उपरथीको अवकाश उमेरहद ५७ वर्ष छ । सैनिक जंगी अड्डाका अनुसार उनी २० पुसमा ५७ वर्ष पुग्छन् । तर, नागरिकता प्रमाणपत्रमा उनको जन्ममिति २२ पुस ०२३ उल्लेख छ । यसअनुसार उनी अहिले ५५ वर्ष ११ महिना २८ दिनको मात्रै भएको देखिन्छ । यसलाई आधार मान्दा उनको अवकाश लिने अवधि अझै एक वर्ष दुई दिन बाँकी भएको देखिन्छ ।
उपरथी शाही सैनिक हिरासतमा
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
३ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
३ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
३ हप्ता अघि
सुझावित समाचार
प्रहरी महानिरीक्षक कार्कीबाट मौलो तथा निसान पूजा सम्पन्न
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बडादसैँका अवसरमा मंगलबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलो…
राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजाअर्चना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अवसरमा नवकन्याको विधिपूर्वक पूजाअर्चना गरेका छन्। बडादसैँका अवसरमा नवदुर्गा…
चाडपर्वमा हुन सक्ने डिजिटल ठगीप्रति सचेत रहन राष्ट्र बैंकको आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँको समयमा डिजिटल माध्यमबाट हुन सक्ने ठगीप्रति सचेत रहन आग्रह गरेको छ। बैंकहरू बन्द हुन…
आज हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने
काठमाडाैं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अहिले हिमाली र पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने…
सोमबार १० बजेसम्मका प्रमुख १० खबर
विश्वकप लिग– २ : ओमानविरुद्ध नेपालको रोमाञ्चक जित आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गत सोमबार भएको खेलम…
विश्वकप लिग– २ : ओमानविरुद्ध नेपालको रोमाञ्चक जित
काठमाडौं। आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई १० रनले पराजित गर…