सरकारमा सहभागिताबारे एकीकृत समाजवादी अनिर्णीत, निर्णयको अधिकार सचिवालयलाई

मंगलबार, १९ पुष, २०७९
डिजिटल संस्करण

एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा अनिर्णीत बनेको छ। सोमबार र मंगलबार बसेको पार्टीको पोलिटब्युरो बैठकले यसबारेमा कुनै निर्णय गर्न सकेन।

बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले नयाँ गठबन्धनको सरकारमा सामेल हुने–नहुनेबारे निर्णय गर्ने अधिकार सचिवालयलाई प्रदान गरेको बताए। नयाँ गठबन्धनसँग पार्टीको सम्बन्ध, सरकारले ल्याउने कार्यक्रमलगायतका विषयका आधारमा एकीकृत समाजवादीले निर्णय लिने उनले जानकारी दिए।

‘यसबारेमा थप आवश्यक छलफल गर्नुपर्ने, अध्ययन गर्नुपर्ने, विचार–विमर्श गर्नुपर्ने र यसले देश र जनताको हितमा के–कस्ता कार्यक्रमहरू ल्याउन सक्छ र हाम्रो दलसँग उसको राजनीतिक सम्बन्ध के–कस्तो रहन्छ भनेर अझै धेरै बुझ्नुपर्ने भएकाले यसको अन्तिम निर्णय गर्न केन्द्रीय सचिवालयलाई पोलिटब्युरोले अधिकार प्रदान गरेको छ,’ पत्रकारहरूसँग खतिवडाले भने।

सुझावित समाचार