सर्लाहीमा दुई दिनमा १७ बिघा गाँजाखेती नष्ट

मंगलबार, १९ पुष, २०७९
डिजिटल संस्करण

सर्लाही प्रहरीले दुई दिनमा जिल्लाको विकट नारायणखोलामा लगाएको १७ बिघा अवैध गाँजाखेती फँडानी गरेको छ। लालबन्दी नगरपालिका– १४ नारायणखोलामा लगाएको लगभग १७ बिघा अवैध गाँजाखेती प्रहरीले नष्ट गरेको हो।

आइतबार आठ बिघा र सोमबार नाै बिघा गरी १७ बिघा क्षेत्रफलमा लगाएको अवैध गाँजाखेती फँडानी गरेको प्रहरीले जनाएको छ। अवैध गाँजाखेती भइरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले गाँजाको बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी विजय यादवले जानकारी दिए।

जिल्लाकै विकट मानिने नारायणखोला क्षेत्रमा स्थानीयले खेती गरेको प्रतिबन्धित गाँजाको बोट नष्ट गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय लालबन्दीबाट ६० जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी नरेन्द्रराज सुवेदीले बताए।
 

सुझावित समाचार