नेपालमा हुने सडक दुर्घटनाको कुल आधा मृत्यु मोटरसाइकल प्रयोगकर्ताका कारण हुने गरेको छ । त्यसैले सडक दुर्घटना कम गर्नका लागि मोटरसाइकलचालक सधैँ सचेत हुनुपर्छ ।
- चालक र पछाडि बस्ने यात्रुले हेल्मेट अनिवार्य रूपमा प्रयोग गर्नुपर्छ । हेल्मेट लगाउनु टाउकोमा चोटपटक लाग्नबाट जोगिनु र जीवन बचाउनु हो ।
- हेल्मेटको फित्ता राम्रोसँग बाँध्ने ।
- स्तरीय हेल्मेट मात्र प्रयोग गर्ने ।
- मोटरसाइकलको कन्डिसन ठीक राख्ने ।
- बालक र वृद्धलाई सकेसम्म मोटरसाइकलमा यात्रा नगराउने ।
- मादक पदार्थ वा लागुऔषध सेवन गरी मोटरसाइकल नचलाउने ।
- मोटरसाइकल चलाउँदा कानमा हेडफोनको प्रयोग नगर्ने ।
- मोटरसाइकलको ऐना, साइड बत्तीको सधैँ प्रयोग गर्ने ।
- सडकको नियम अनिवार्य पालना गर्ने ।
- लेन अनुशासन अनिवार्य रूपमा पालना गर्ने ।
- रातको समयमा अनिवार्य हेडलाइट बाल्ने ।
- रातको समयमा मोटरसाइकल चलाउँदा टल्कने लुगा लगाउने । जसकारण अन्यले तपाईं आइरहेको सहजै देख्न सक्छन् ।
- चालक अनुमतिपत्र नलिई मोटरसाइकल नहाँक्ने ।
- नेपालका सडक अधिकांश सुरक्षित नभएको हुँदा तीव्र गतिमा मोटरसाइकल नचलाउने ।
- सुरक्षित दूरीमा रही यात्रा गर्ने । ५० किमिको गतिमा हुनुहुन्छ भने कमसेकम आफूभन्दा अगाडिको सवारीसँग २५ मिटरको दूरीमा रही यात्रा गर्नुहोस् ।
- मोटरसाइकलमा चालक र एक यात्रुसँगै भारी सामानसमेत बोक्दा दुर्घटना धेरै हुने गरेको देखिएको छ । त्यसैले धेरै मालसामान बोकेर यात्रा नगर्ने ।