जिप र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

आइतबार, १७ पुष, २०७९
डिजिटल संस्करण

रौतहटमा जिप र मोटरसाइकल एक–आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ।

गौर–चन्द्रपुर सडकखण्डअन्तर्गत माधवनारायण नगरपालिका– ३ सखुअवामा ना.१ज ६७४९ नम्बरको म्याजिक जिप र बा.३९प ८८६५ को नम्बरको मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको हो। शनिबार साँझ भएको दुर्घटनामा माधवनारायण– २ का ६५ वर्षका परमात्माप्रसाद साह र वडा नं. २ का ६५ वर्षकै गौकरण यादवको ज्यान गएको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा सवार उनीहरू दुर्घटनामा गम्भीर घाइते भएका थिए। सुकदेवचोकस्थित अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। जिपका चालक चन्द्रपुर नगरपालिका– ४ का २७ वर्षका महम्मद सहुल मियाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सुझावित समाचार