नियमित व्यायाम गर्छु

आइतबार, १७ पुष, २०७९
डिजिटल संस्करण
नियमित व्यायाम गर्छु

मिरा राई, अल्ट्राधावक

शारीरिक फिटनेसका लागि व्यायाम एकदमै महत्वपूर्ण हुन्छ । तसर्थ, म हरेक दिन समय मिलाएर व्यायाम गर्ने गर्छु । व्यायामका लागि जिम सेन्टर नै जानुपर्छ भन्ने होइन । हामीले घरमै स्ट्रेचिङ मात्रै गर्यौँ भने पनि फिट हुन सकिन्छ । धावक भएकाले दैनिक रनिङ हुने नै भयो । यसले शारीरिक मात्रै नभएर मानसिक रूपमा पनि आराम महसुस गराउँछ । तनाव कम हुन्छ । 

खानामा सधैँ यही नै हुनुपर्छ भन्ने हुँदैन । तर, मात्रा मिलेको पौष्टिक आहार भने हुनुपर्छ । शारीरिक हिसाबले बढी परिश्रम गर्नुपर्ने अवस्थामा धेरै क्यालोरीयुक्त खाना आवश्यक हुन्छ । सामान्यतया खानामा दाल–भात–तरकारी, माछा–मासु, फलफूल खाने गर्छु । त्यस्तै, ब्रेकफास्टमा दूध, अन्डा, चना, मासु आदि सेवन गर्छु । 

दौडका क्रममा छिटो तिर्खा लाग्ने, घाँटी सुक्ने, आदि हुन्छ । तसर्थ, पर्याप्त मात्रामा पानी पिउन आवश्यक हुन्छ । खेलको अभ्यास गर्दा वा जुनसुकै समयमा पनि म प्रशस्त पानी पिउने गर्छु । 

सुझावित समाचार