सशस्त्र प्रहरी जवान मर्स्याङ्दीमा खसेर बेपत्ता

शुक्रबार, १५ पुष, २०७९
डिजिटल संस्करण
सशस्त्र प्रहरी जवान मर्स्याङ्दीमा खसेर बेपत्ता

फाइल तस्बिर

मर्स्याङ्दी नदीमा खसेर एकजना सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन्। ३२ वर्षका सशस्त्र प्रहरी जवान अनन्त महत पिसाब फेर्ने क्रममा लड्दा मर्स्याङ्दी नदीमा खसेका हुन्। 

बेँसीसहरबाट मनाङतर्फ जाँदै गरेको ग.१ज ७३३५ नम्बरको जिपमा सवार लमजुङको मर्स्याङ्दी गाउँपालिका- ४, काप्रेभिरमा पिसाब फेर्ने क्रममा मर्स्याङ्दीमा खसेको प्रहरीले जनाएको छ। 

सशस्त्र प्रहरी बल लमजुङका डिएसपी मानबहादुर शाहीले शुक्रबार बिहान १० बजेतिर उक्त घटना भएको बताए । रामेछापको लिखु तामाकोसी गाउँपालिका– ४, बिजुलीकोटका महत सशस्त्र प्रहरीको 22 नं गण गुहेश्वरी भक्तपुरबाट सरुवा भएर ३२ नं. गुल्म हेडक्वार्टर चामे मनाङ जाँदै थिए।

See More On

सुझावित समाचार