मधेस प्रदेशका नवनिर्वाचित सदस्यले लिए शपथ [तस्बिरहरू]

शुक्रबार, १५ पुष, २०७९
डिजिटल संस्करण

मधेस प्रदेशका नवनिर्वाचित एक सय चार प्रदेश सभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार प्रदेश सभामा विभिन्न १० राजनीतिक दल तथा स्वतन्त्रसहित निर्वाचित एक सय चारजनाले शपथ लिएका हुन्।

नवनिर्वाचित प्रदेश सभा सदस्यहरूले प्रदेश सभाका ज्येष्ठ सदस्य तथा समाजवादी पार्टीका गोविन्दबहादुर न्यौपानेबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। 

माओवादी केन्द्रका दुईजना समानुपातिक कोटाका सांसद रजि हैदर र माला कर्णले भने सर्वोच्च अदालतको अल्पकालीन आदेशका कारण शपथ लिन पाएका छैनन्। 

सुझावित समाचार