एक सय विपन्न परिवारलाई कम्बल वितरण

शुक्रबार, १५ पुष, २०७९
डिजिटल संस्करण

चिसोले जनजीवन प्रभावित बनेपछि सिराहाका एक सय विपन्न गरिब मुसहर परिवारलाई कम्बल सहयोग गरिएको छ। ललितपुर महानगरपालिका– १६ नकबहिलका मदन श्रेष्ठ र अहल्या श्रेष्ठले सिराहाका एक सय विपन्न गरिब मुसहर परिवारलाई कम्बल वितरण गरेका हुन्।

श्रेष्ठदम्पतीले जिल्ला समन्वय समिति सिराहाका पूर्वउपसभापति सरोजकुमार यादवमाफर्त सिराहा नगरपालिका र विष्णुपुर गाउँपालिकामा एक सय परिवारलाई कम्बल सहयोग गरेका हुन्।

पूर्वउपसभापित यादवका अनुसार सिराहा नगरपालिकाको ६, १६ र १७ वडाका ५० अति विपन्न गरिब मुसहर परिवार र विष्णुपुर गाउँपालिका– ५ को लक्ष्मीपुरका ५० विपन्न मुसहर समुदायलाई कम्बल बाँडिएको बताए।

सुझावित समाचार