सवारीचालकले यी कुरामा ध्यान दिनुस्

शुक्रबार, १५ पुष, २०७९
डिजिटल संस्करण

गाडीको कन्डिसन चेक गरेर मात्रै सवारी हाँक्ने । कन्डिसनमा नरहेको गाडीले जुनसुकै वेला धोका दिन सक्छ र दुर्घटना पनि निम्त्याउन सक्छ । मद्यपान गरेर सवारीसाधान नचलाउने । यात्रुले पनि मद्यपान गरेका चालकको सवारीमा सवार नगर्ने ।
- मानसिक तथा शारीरिक रूपमा फ्रेस हुँदा मात्रै सवारीसाधन चलाउने । 
- लामो दूरीमा सवारीसाधन चलाउँदा चालक थकित हुन्छन् । जसले दुर्घटनाको जोखिम बढाउँछ । त्यस्तो अवस्थामा हरेक दुई–दुई घन्टामा ब्रेक लिने । जसले तपाईंलाई फ्रेस बनाउँछ । 
- मोटरसाइकलपछाडि बस्ने यात्रीले पनि हेलमेट अनिवार्य प्रयोग गर्ने । 
- सवारीसाधानलाई तीव्र गतिमा नचलाउने ।

सुझावित समाचार